‘पीपीई माग्दा डाक्टर र स्टाफ नर्स जागिरबाट निकालियौँ’

दशरथ घिमिरे

दाङ–डाक्टर अृमता श्रेष्ठ भदौ देखी चैत सम्म नियमले पाउनुपर्ने विदा समेत नलिएर नागरिकको उपचारमा खटिइ राखिन्।

कोरोना भाइरसको त्रासका विचमा पनि निकै मेहनतका साथ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरिरहेकी थिइन्। तर, उनै मेहनती डाक्टरलाई प्रतिष्ठानले बैशाख १ गते काममा नआउनु भन्यो। अर्की स्टाफ नर्स प्रकृति डिसीलाई पनि प्रतिष्ठानले जागिरबाट निकालिदिएको छ।

प्रतिष्ठानकी उपकुलपती संगिता भण्डारीले उनलाई अबदेखि काममा नआउनू भनेर डाक्टर र नर्सले गुनासो गरेकी छिन्। तर  प्रतिष्ठानले भने बाहिर सन्तोषजनक काम नगरेकाले जागिरबाट निकालेको बताउँदै आएकी छिन्। प्रतिष्ठानले ती दुवै कर्मचारी ( डाक्टर अमृता र नर्स प्रकृति)ले आफूहरुलाई हटाउनुको कारण भने अर्कै  रहेको बयान दिएकी छन्।

प्रकाशित मिति: : 2020-04-24 20:43:49

प्रतिकृया दिनुहोस्