काठमाडौं परिसरमा एसएसपी ज्ञवाली र अपराध महाशाखामा थापाले पाए जिम्मेवारी

बिएल संवाददाता

काठमाडाै‌ं

गृह मन्त्रालयले महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी श्यामलाल ज्ञवाली र अपराध महाशाखामा एसएसपी दीपक थापाको सरुवा गरेको छ। सरुवा गरिसकेको भए पनि पत्र भने आइसकेको छैन।

परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदी र महाशाखाका एसएसपी सहकुल थापा डीआईजीमा बढुवा भएपछि दुवै ठाउँ रिक्त थियो।

ज्ञवाली महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिए भने थापा प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन शाखामा थिए।

काठमाडौं प्रहरी प्रमुख र अपराध महाशाखकाको नेतृत्वमा सरुवा भएका ज्ञवाली र थापा एकै पटक एसएसपीमा बढुवा भएका प्रहरी अधिकृतहरु हुन्। तर,प्रहरी निरीक्षकका रुपमा ज्ञवाली २०५१ चैत्रमा र थापा २०५२ भदौमा प्रहरीमा सेवा प्रवेश गरेका थिए।

ज्ञवाली प्रहरी महानिरीक्षक (आइजीपी) ठाकुर ज्ञवालीका भाइ हुन्। 

ज्ञवालीले यसअघि रुपन्देही, सिरहाल लगायतका जिल्लाको प्रमुख भएर काम गरिसकेका छन् भने थापाले चितवन लगायतअन्य क्षेत्रमा काम गरेका छन्।

प्रकाशित मिति: : 2020-04-24 17:05:10

प्रतिकृया दिनुहोस्