प्रधानमन्त्री ओलीले बाेलाए देउवालाई बालुवाटार

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्न लागेका छन्।

प्रधानमन्त्री ओलीले नै देउवालाई छलफलका लागि बालुवाटार बोलाएका हुन्।

‘केही छलफल गर्नका लागि उहाँले तीन बजे बालुवाटारमा बोलाउनु भएको छ, एक नेताले बिएल नेपाली सेवालाई भने,‘तर उहाँ अहिलेसम्म पुग्नु भएको छैन्।’ 

चौतर्फी विरोध भएपछि सरकारले सोमबार जारी भएका राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो।

ती दुई अध्यादेशले राजनीतिक दललाई विभाजन गर्न सजिलो हुने र संवैधानिक आयोगमा नियुक्ति गर्दा प्रमुख प्रतिपक्षी दलका नेतालाई बाहिर राख्ने भन्दै चर्को आलोचना भएको थियो।

प्रकाशित मिति: : 2020-04-24 15:09:31

प्रतिकृया दिनुहोस्