बिएल संवाददाता
भारतीय विजनेश म्यान मुकेश अम्बानी फेरि पनि एशियाको सबैभन्दा धनी व्यक्ति बनेका छन्। अलिबाबाका संस्थापक ज्याकमालाई पछि पार्दै अम्बानी एसियाका सबभन्दा धनी बनेका हुन्।
अम्बानीको कम्पनी रिलायन्स जियो र मार्क जुकरवर्गको कम्पनी फेसबुक बीच लगानीको सहमति भएसँगै अम्बानी एशियाका सबैभन्दा धनी व्यक्ति बनेका हुन्।
फेसबुकले अम्बानीकाे स्वामित्वमा रहेकाे रिलाइन्स जियो प्लेटफर्मको १० प्रतिशत स्वामित्व ५ अर्ब ७० करोड डलर लगानी गर्नेछ। उक्त लगानीपछि फेसबुकको रिलायन्स जियोमा ९.९९ प्रतिशतको हिस्सेदारी हुनेछ। योसँगै रिलायन्स जियोमा फेसबुक सबैभन्दा ठूलो शेयरहोल्डर बन्नेछ।
ब्लुमवर्गको अर्बपति सूचकांकअनुसार अम्बानीको सम्पत्ति ४ अर्ब ७० करोड डलर बढेर ४९ अर्ब २० करोड डलर पुगेको छ। योसँगै अम्बानी ज्याकमा भन्दा ३ अर्ब २० करोड डलरले अघि पुगेका छन्।
फेसबुकसँग डिलले अम्बानीको सम्पत्ति थपियो भने ज्याकमाकले कोभिड १९ सँग भिड्न गरिरहेको कल्याणकारी काममा १ अर्ब डलर खर्चिएका छन्।
ज्याकमाले अहिलेसम्म १ अर्ब डलर कोभिड रिलिफ अभियानमा खर्च गरेको ब्लुमवर्गले उल्लेख गरेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया