‘हिजोकै ढङ्गबाट एसईई परीक्षा सम्भव छैन, एकै दिन तीन सिफ्ट गर्न सकिन्छ’

रातोपाटी

काठमाडौँ

फणिन्द्र नेपाल

 कोरोना भाइरस सङ्क्रमणका कारण शिक्षण संस्था लामो समयसम्म बन्द  हुन पुगेका छ्न् । कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा भए पनि रिजल्ट आउन सकेका छैनन् भने १० देखि १२ कक्षाका परीक्षा स्थगित भएका छन् । अब ती परीक्षा कसरी सम्पन्न गर्ने ? कोरोना सङ्क्रमणको कहर लामो समय रहे शैक्षिक संस्था कसरी खुलाउने वा वैकल्पिक उपायबाट शिक्षण पद्धतिको विकास गर्ने भन्नेमा शिक्षा मन्त्रालय गृहकार्यमा जुटेको छ । त्यसका लागि विज्ञहरु सम्मिलित छुट्टाछुट्टै समिति बनाएर वर्कआउट भइरहेको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको भनाइ छ ।  शैक्षिक सत्र नै तल–माथि हुन सक्ने खतरा बढेपछि मन्त्रालयले पढाइबारे तयारी गरेको हो । लकडाउन लम्बिएर शैक्षिक संस्था खोल्न नै नसक्ने अवस्था आए अनलाइन, रेडियो र टिभीमार्फत पठनपाठन अघि बढाउने सरकारको तयारी छ । त्योबाहेक एसईई परीक्षा कसरी गर्ने भन्ने पनि सरकारलाई टाउको दुखाइको विषय बनेको छ । मन्त्रालय जेठ अन्तिम सातासम्म भए पनि एसईई गर्न सके शैक्षिक सत्र भत्कन नपाउने निष्कर्षमा पुगेको छ । कोरोना सङ्क्रमणमा कमी नआए हिजोकै मोडलमा कुनै पनि परीक्षा गर्न सम्भव देखिँदैन । त्यसका लागि विद्यमान परीक्षाको मोडल परिवर्तन गर्नेदेखि परीक्षा केन्द्रहरुमा समेत व्यापक फेरबदल हुनेछन् । कोरोनाका कारण शिक्षा क्षेत्रम परेको प्रभावपछि सरकारले कस्तो योेजना बनाउँदैछ ? शैक्षिक सत्र भत्कन नदिन के के उपायमाथि छलफल भइरहेको छ भनेर रातोपाटीका फणिन्द्र नेपालले शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसँग प्रश्न गरेका छन् । प्रस्तुत छ मन्त्री पोखरेलसँगको कुराकानी : 

प्रकाशित मिति: : 2020-04-24 12:19:37

प्रतिकृया दिनुहोस्