नेपालन्यूज
सुरेन्द्र पौडेल
कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले देशलाई लकडाउन गरेको एक महिना पूरा भएको छ। लामो समय लकडाउन हुँदा हजारौं जनता कोही खान नपाएर, कोही घर जान नपाएर अलपत्र परेका छन्।
स्थानीय तहहरूलाई घर फर्किदै गरेकालाई गाडीको जोहो गर्न, क्वारेन्टाइनको व्यवस्था गर्न र खानपानको व्यवस्था गर्न धौं-धौं परिरहेको छ। बन्द भएका उद्योगधन्दा, कल-कारखानाहरूले श्रमिकहरूलाई आधाभन्दा तलब दिन नसक्ने घोषणा गरिरहेका छन्।
यस्तो बेलामा युवा तथा खेलकुद मन्त्रालय भने विभिन्न स्थानीय तहको खेलकुद मैदानमा ४० करोड रुपैयाँ खर्चिन हतारिरहेको छ।
मन्त्रालयले देशमा लकडाउन सुरु भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ८४ वटा स्थानीय तहलाई पत्र पठाई छिटो ४० करोड रुपैयाँ बराबरको खेलग्राम निर्माण गर्न भनेको छ। कोरोना भाइरसको महामारीसँग देश जुधिरहेको बेला र चालु आर्थिक वर्ष सकिन लागेको अवस्थामा मन्त्रालयले स्थानीय तहलाई पत्र पठाई बजेट यसैवर्ष भित्र खर्च गरिसक्न भनेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया