पूर्वसचिव भीम उपाध्याय पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं

पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय साइबर ब्युरोले बुधबार साँझ ललितपुरकाे कुसुन्तीस्थित उनको घरबाटै पक्राउ गरेको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले बिएल नेपाली सेवालाई जानकारी दिए।

उनी सामाजिक संजालमार्फत सरकारकाे आलाेचना गर्दै आएका थिए। यसका साथै केही दिनअघि स्वास्थ्य सचिव यादव कोइरालासँग उपाध्यायको सामाजिक सञ्जालमा नोकझोक भएको थियो।

उपाध्यायले सरकारले चीनसँग खरिद गरेकाे काेराेना भाइरसकाे उपचारमा प्रयाेग हुने मेडिकल साम्रगीमा भएकाे अनियमितता स्वास्थ्य सचिव यादवकाे पनि हात भएकाे आराेप लगाउँदै आएका थिए।

 उनलाई पक्राउ गरिनुको कारण पनि सोही घटनासँग जोडिएको हुनसक्ने अनुमान गरिएको छ। 

उपाध्यायलाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टैको हिरासतमा राखिएको छ।

उपाध्यायलाई बिहीबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइने तयारी गरिएको छ। 

प्रकाशित मिति: : 2020-04-22 22:11:43

प्रतिकृया दिनुहोस्