उदयपुरको सिवाइमा स्वाब संकलन गरिने, छाउनीबाट सेनाको टोली भाेलि पुग्दै

बिएल संवाददाता

काठमाडाै‌ं

उदयपुरको चौदण्डीगढी नगरपालिका-५ सिवाइमा स्वाब संकलन गरिने भएको छ। त्रियुगा नगरपालिका-३ भुल्केमा रहेको २२ जना मुस्लिममा कोरोना पोजिटिभ देखिएपछि त्यहाँ पनि स्वाब संकलन गर्न लागिएकाे हाे।

नेपाली सेनाको छाउनीस्थित अस्पतालबाट आउने चिकित्सकले ५८ घरपरिवारका २७१ जनाको स्वाब संकलन गरिने चौदण्डीगढी-५का वडाध्‍यक्ष देवनारायण चौधरीले जानकारी दिए।

उनले भने, ‘ सिवाइ गाउँमा रहेका मुस्लिम समुदाय र उनीहरुसँग सम्पर्कमा आएका घरपरिवारको स्वाब संकलन गर्दैछौं। भुल्केमा आएका मुस्लिमहरु सिवाइमा पनि आएर दुई रात बसेर गएकाे भन्ने सूचना प्राप्त भएकाे छ।’

उनका अनुसार सिवाइ ५८ घरपरिवारको स्वाब संकलन सिवाइस्थित स्कुल परिसरमा गरिनेछ। 

यसअघि छाउनीस्थित सेनाको चिकित्सक टोली उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केमा तीनदिनसम्‍म स्वाब संकलन गरेको थियो। जहाँ एकै दिन १२ जनामा र अर्को दिन १० जनामा कोरोना पोजिटिभ देखिएको थियो।

    
 

प्रकाशित मिति: : 2020-04-22 17:29:35

प्रतिकृया दिनुहोस्