अमेरिकामा केही दिनयता लागेको कोरोना कहरको लगाम मंगलबार फेरि खुस्केको छ। यो समाचार लेखिरहेको बेला मंगलबार २,८०४ अमेरिकीको ज्यान कोरोनाले लिएको छ। यो संख्या अमेरिकामा कोरोना भाइरस संक्रमणबाट एकै दिन मर्नेको सबैभन्दा ठूलो संख्या हो।
यो साताको सुरूमा आइतबार १,५६१ को मृत्यु भएकोमा अब कोरोना प्भाव कम हुने रहेछ भनेर उत्साहित भएका अमेरिकी सोमबार १,९३९ को मृत्यु भएकोमा के हो के हो भन्ने अवस्थामा पुगेका थिए। तर, मंगलबारको मृत्यु संख्याले उनीहरूका नौनारी गलेका छन्।
आजको यो मृत्यु संख्यासँगै अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या ४५,३१८ पुगेको छ।
अमेरिकामा मंगलबार कोरोना भाइरस संक्रमणबाट २,८०२को मृत्यु भएको छ। एकै दिन यति धेरै संख्यामा कोरोना भाइरस संक्रमणबाट मर्नेको यो नयाँ कीर्तिमान हो। संक्रमितको संख्यामा केही कमी आए पनि त्यस्तो संख्या अमेरिकामा मात्रै आठ लाख नाघेर अर्को कीर्तिमान बनेको छ।
मृत्युको संख्याले नयाँ कीर्तिमान बनाए पनि नयाँ संक्रमितको संख्याले भने केही राहत दिएको छ। मंगलबार अमेरिकामा २८,१२३ नयाँ संक्रिमत भेटिएकोमा मंगलबार त्यो संख्या घटेर २५,६०७मा आइपुगेको छ। संक्रमितको यो नयाँ संख्यासँगै अमेरिकामा कोरना भाइरस संक्रमितको संख्या पनि बढेर ८१९,८०५ पुगेको छ।
कोरोना भाइरस संक्रमणको इपिसेन्टर मानिएको न्युयोर्कमा मृतक र संक्रमित दुबैको संख्या केही थामिए जस्तो देखिएको छ। आइतबार र सोमबार संख्यामा केही आएको थियो, मंगलबार त्यो बढेर ७६४ पुगेको छ। यो संख्यासँगै न्युयोर्क राज्यमा मात्र १९६९३ जनाले ज्यान गुमाइसकेका छन्।
अमेरिकाका कोरोनासँग सम्बन्धित कुनै पनि तथ्यांक प्रिय छैनन्। यद्यपि, राष्ट्रपति ट्रम्प मृतकको संख्या ६० हजारभन्दा कम हुने भविष्यवाणी गरेर अमेरिका खोल्न उक्साइरहेका छन्।