स्टक रित्तिदै गएपछि सरकारद्वारा खाद्यान्न खरिदको टेन्डर आह्वान

रातोपाटी

काठमाडौँ

प्रयास श्रेष्ठ

विश्व कोरोना भाइरस (कोभिड–१९)को महामारीका बीच एक महिना लामो लकडाउन घोषणा गरेको सरकारलाई बजार व्यवस्थापनमा निकै कठिनाइ पर्न थालेको छ । मुलुक लकडाउनको  करिब एक महिना वितिसक्न लाग्दा बजार व्यवस्थापन तथा आपुर्ति व्यवस्थालाई लिएर सरकारमाथि थप चुनौती थपिएको हो । लकडाउन लम्बिदै जाँदा खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको आयात, वितरण र बजार व्यवस्थापनमा सरकारलाई हम्मेहम्मे पर्न थालेको छ । यतिखेर सरकारी ढुकुटीमा रहेको खाद्यान्नको भण्डारण (स्टक) रित्तिदै जान थालेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार अहिले सरकारसँग २० हजार मेट्रिकटन चामल, ५५० क्वीन्टल दलहन(दाल), १६० मेट्रिकटन नुन र करिब ६ हजार मेट्रिकटन चिनी मात्र स्टक छ । नुनबाहेक चामल, दाल, नुन तेल र चिनीको अवस्था अत्यन्त नाजुक रहेको छ । अब यी वस्तुहरुको आपूर्ति व्यवस्थापन तत्काल नभए बजारमा भयाभहको अवस्था आउने देखिन्छ ।

प्रकाशित मिति: : 2020-04-21 15:42:13

प्रतिकृया दिनुहोस्