कोरोना भाइरसका कारण असार मसान्तसम्म पेन्सन लिनेहरु पेन्सन लिने कार्यालयसम्म उपस्थित हुनु नपर्ने भएको छ ।
कोरोना भाइरसको माहामारीबाट राष्ट्रलाई बचाउन निवृत्तिभरकहरुको हरेक ६/६ महिनामा हुनुपर्ने उपस्थिति २०७७ असार मसान्तसम्म हुन नपर्ने गरी व्यवस्था मिलाएको निवृत्तिभरण व्यवस्थापनको कार्यालयले जनाएको छ ।
साथै नेपाल बैंक र राष्टिय बाणिज्य बैंकबाट भुक्तानी हुँदै आएको निवृत्तिभरणको रकम वैशाख महिनाको पहिलो हप्तामा नभइ १६ गतेपछि मात्र गरिने उल्लेख छ।