रेबान पाेखराद्धारा ६४ जनालाई राहत, लेकसाइडमा कीटनाशक औषधि

बिएल संवाददाता

चिप्लेढुङ्गा

कोरोना महामारीले प्रभावित रेष्टुरेण्टमा कार्यरत ६४ जनालाई रेष्टुरेण्ट एण्ड बार एशोसिएशन अफ नेपाल (रेबान) पोखराले राहत वितरण गरेको छ।

लकडाउनका कारण समस्यामा परेका उनीहरुलाई खाद्य पदार्थ वितरण गरेको रेबान पोखराका अध्यक्ष भीमसेन भुजेलले जानकारी दिए।

'रेष्टुरेण्टमा काम गर्नेहरुलाई खानेकुराको अभाव परेको थाहा पाएर सहयोग दिएका हौं' उनले भने, 'संस्थाको बैठक बसेर आवश्यक रकम छुट्टयाइएको छ।'

यसैबीच रेबान पोखराले कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन लेकसाइडमा कीटनाशक औषधि छर्केको अध्यक्ष भुजेलले बताए। 'पोखरा महानगरपालिकासँगको सहकार्यमा सोमबार लेकसाइडका सबै क्षेत्रमा औषधि छर्किइएका हौं।' उनले भने।

प्रकाशित मिति: : 2020-04-21 11:45:17

प्रतिकृया दिनुहोस्