अस्ट्रेलियामा रहेका विद्यार्थीको विवरण संकलन गर्दै एक्सपर्ट फाउन्डेसन

बिएल संवाददाता

काठमाडाै‌ं

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको परोपकारी संस्था एक्सपर्ट फाउन्डेसनले अस्ट्रेलियामा रहेका विद्यार्थीको विवरण संकलन गर्न थालेको छ।  

कोरोनाका कारण अस्ट्रेलियामा अध्यनरत अन्तर्राष्ट्रिय विद्यार्थीलाई पर्नसक्ने तत्कालिन र दिर्घकालीन असर न्यूनिकरणका लागि सहयोग गर्न विवरण संकलन थालिएको एक्सपर्ट एजुकेशनका अध्यक्ष देवीप्रासद लम्सालले जानकारी दिए।

उनका अनुसार फारम अप्रिल १५ बाट खुलेको छ। हालसम्म ५ सय बढीले उक्त फारम भरेको उनले बिएल नेपाली सेवालाई जानकारी दिए।

‘हामीलाई प्राप्त फारमको आधारमा फाउन्डेसनले सहयोग गर्ने छ,’अध्यक्ष लम्सालले भने, यो फारम आउने ३० तारिकसम्म भर्ने सकिने छ।’ फारम भर्दा काम नपाएका, काम छुटेका र गत १९ अक्टोरसम्म उता पुगेको हुनुपर्ने उनले बताए।

अध्यक्ष लम्सालले बेखर्ची र फारम भर्न छुटेका बालबालिकालाई यथासिध्र सम्पर्कमा आउन पनि आग्रह गरे।

‘यदी बेखर्ची भएर बस्नु भएको छ भने हामीलाई सम्पर्क गर्नुस्। फाउन्डेसनले यसअघि पनि सामाजिक कार्य गर्दै आएको छ, अहिले पनि तपाईलाई सहयोग गर्छौं,’ उनले भने।

वि।स २०७२ को भुकम्प पीडित, तराईमा आएको बाढी पीडितलाई पनि राहत वितरण गरेको उनले बताए। अष्ट्रोलीयामा पनि विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको अध्यक्ष लम्सालले जानकारी दिए।

प्रकाशित मिति: : 2020-04-20 16:51:10

प्रतिकृया दिनुहोस्