बिएल संवाददाता
एएस रोमाका खेलाडी तथा प्रशिक्षक पउलो फोनसेसाले यस सिजनको बाँकी तलब नलिने भएका छन् ।
कोरोना भाइरस संक्रमणको महामारीका कारण कमजोर आर्थिक स्थितिमा पुगेको इटालीको सिरी ए टिमलाई सहयोग गर्न यो निर्णय भएको क्लबले आइतबार जनाएको छ ।
यो निर्णय अनुसार खेलाडी, प्रशिक्षक तथा उनका सहयोगी कर्मचारीले मार्च, अप्रिल, मे र जुनको तलब लिने छैनन् । क्लबका अनुसार सिजनको अन्त्यमा टिमले एक निश्चित उद्देश्य हात पार्न सफल रहेमा खेलाडी र प्रशिक्षकलाई फेरि कुनै न कुनै प्रकारको भत्ता दिइने पनि सहमति भएको छ ।
इटालीमा मार्च ९ यता सबै प्रकारका खेल हुन सकेका छैनन् । इटालीमा मेको ४ सम्म लकडाउन कायम छ र इटाली फुटबल संघले त्यसपछि यस सिजन पूरा गर्ने योजना रहेको बताएको छ । यसअघि नै अधिकांश सिरी ए क्लबले आफ्ना खेलाडीको तलब कट्टा गर्ने निर्णय गरिरहेका छन् ।
कोरोना भाइरसका कारण २३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया