पूर्वराजा ज्ञानेन्द्रको नाममा खोलिएको ट्विटर एकाउण्ट नै नक्कली

नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा कुनै ट्विटर अकाउण्ट नभएको खुलासा भएको छ। उनका सम्वाद सचिव डा. फणिराज पाठकले यस्तो जानकारी दिएका हुन्। 

जब उनले पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा कुनै ट्विटर अकाउण्ट नभएको बताए, त्यसपछि उनलाई सोधिएको थियो, 'त्यसो भए पूर्वराजाका नाममा बेला बेलामा आउँने ट्विटर प्रतिक्रिया कसका हुन् त ?'

यस प्रश्नको उत्तरमा डा. पाठकले भने, 'यस बारेमा मौसूफसमक्ष जिज्ञासा राख्दा मैले त चलाएको छैन, बरू कस्ले चलाएको छ खोज्नु भन्ने हुकुम भएको छ।'

 

पछिल्लो समय यो ह्याण्डिलबाट डा. शेरबहादुर पुनको कारबाहीलाई लिएर ट्विट गरिएको थियो। त्यसपछि भने पूर्वराजाले यति सामान्य विषयमा पनि ट्विट गर्लान् त ? भन्ने आम जिज्ञासा उत्पन्न भएको थियो । त्यही जिज्ञासा शान्त गर्न पूर्वराजाका संवाद सचिव डा. पाठकसम्म पुग्दा यो ट्विट अकाउन्ट नै नक्कली भएको पुष्टी भएको हो । 

त्यसपछि आफू पनि त्यसको खोजीमा लागेको डाक्टर पाठकले बताएका छन्। 

पूर्वराजा ज्ञानेन्द्रको नाममा @GBBShah ह्यान्डल भएको ट्विटर अकाउन्ट छ। गत फेब्रुअरीदेखि चलाउन थालिएको सो ट्विटर अकाउन्टमा The Former King Gyanendra Bir Bikram Shah (Official) दावी गरिएको छ। यसका साँढे १३ हजारभन्दा बढी फलोअर छन्। त्यसमा एउटा फेसबुक पेजको लिङ्क पनि दिइएको छ।

केही समययता यो ट्विटर ह्याण्डलबाट बेला बेलामा विभिन्न विषयमा ट्विट गर्ने गरिएको छ।यही ट्विटका आधारमा केही मिडियाले समाचार बनाउने गरेको र तिनीहरूले जनताको ध्यान आकृष्ट पनि गर्ने गरेका छन्। 

पछिल्लो समय यो ह्याण्डिलबाट डा. शेरबहादुर पुनको कारबाहीलाई लिएर ट्विट गरिएको थियो। त्यसपछि भने पूर्वराजाले यति सामान्य विषयमा पनि ट्विट गर्लान् त ? भन्ने आम जिज्ञासा उत्पन्न भएको थियो । त्यही जिज्ञासा शान्त गर्न पूर्वराजाका संवाद सचिव डा. पाठकसम्म पुग्दा यो ट्विट अकाउन्ट नै नक्कली भएको पुष्टी भएको हो। 

प्रकाशित मिति: : 2020-04-20 06:41:07

प्रतिकृया दिनुहोस्