'भिजुअल आर्टिस्ट' कैलाश श्रेष्ठ अचेल केटाकेटीका चित्रकला हेर्न व्यस्त छन्। स्वयम्भूस्थित आर्टुडियो (सेन्टर फर कन्टेम्पोररी भिजुअल आर्ट्स) का संस्थापक कैलाशले देश लकडाउनमा भए पनि केटाकेटीको रचनात्मकतामा 'लकडाउन' लाग्न नहुने सोचेर अनलाइन प्रदर्शनी सुरू गरेका हुन्।
उक्त प्रदर्शनीमा ३ वर्षदेखि १६ वर्षका केटाकेटीले सहभागिता जनाउन सक्छन्। प्रदर्शनीको मुख्य 'थिम' हो, 'फ्यामिली पोट्रेट'। कैलाश यसै प्रदर्शनीका लागि प्राप्त चित्र हेर्न व्यस्त छन्।