कोरोनाभाइरसको त्रासका बीच थपियो अर्को पीडा

रातोपाटी

काठमाडौं

गएराति आएको हावाहुरीले प्रदेश २ का आठवटै जिल्ला प्रभावित भएका छन् । हावाहुरीले गर्दा कृषिको हजारौं बिघामा लगाइएको बालीमा क्षति पुगेको छ भने कतिपय ठाउँमा घर भत्किनुका साथै टायलको छानामा पनि क्षति भएको छ । 

प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले सबभन्दा बढी कृषिमा क्षति भएको बताए । अहिले आठवटै जिल्लाबाट कृषिमा भएको क्षतिबारे तथ्यांक संकलन गर्ने कार्य जारी रहेको बताउँदै उनले आइतबारसम्ममा क्षतिको यकिन तथ्यांक दिन सकिने बताए ।

प्रकाशित मिति: : 2020-04-18 16:16:05

प्रतिकृया दिनुहोस्