सरकारी राहत खै ? यी हुन् लकडाउनमा खाना खुवाउने ‘मनकारी मानवहरू’

लोकान्तर

अजय अनुरागी

अजय अनुरागी

का‍ेरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले लकडाउन गरेका बेला अप्ठ्यारोमा परेका नागरिकलाई राहत वितरण गर्ने र खाना खुवाउने विषय समेत जटिल बनेको छ । कतिपय ठाउँमा सर्वसाधारण भोकभोकै बसेका समाचार समेत आइरहेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकामा समेत सरकारी स्तरबाट राहत वितरण भएको छैन । संघ र प्रदेश सरकारले स्थानीय तहमा राहत वितरणका लागि पठाएको भनिएपनि त्यसबारे दैनिक ज्याला गरेर खाने श्रमिक वर्गदेखि विपन्न, असहाय, भाडामा बसेका विद्यार्थी बेखबर छन् ।

सरकारी राहतको अत्तोपत्तो नभएका बेला जनकपुरमा नागरिक स्तरबाट राहत र खानाको बन्दोबस्त भइरहेको छ । केही ‘मनकारी मानवहरू’ व्यक्तिगत रुपमा सहयोग गर्दै राहत वितरण गर्दै खाना खुवाइरहेका छन् । जसले गर्दा जनकपुरमा कोही भोकै बस्नुपरेको छैन ।

प्रकाशित मिति: : 2020-04-18 16:04:45

प्रतिकृया दिनुहोस्