मजदुर सडकमा छन्, तर चुनावका वेला बसका बस भरेर मान्छे गाउँमा उतार्ने दलका नेता कहाँ छन् ?

चुनाव आउन पाएको हुँदैन, राजनीतिक दलका नेताले बसका बस बुक गरेर हजारौं कार्यकर्ता गाउँमा उतार्छन् । त्यस्तै जनताको मतको आधारमा शक्तिमा पुग्न प्रतिस्पर्धा गर्ने दलका नेताहरू सहरमा मजदुर अलपत्र पर्दा तमासे छन् ।

सरकारले लकडाउन घोषणा गरेर घरभित्रै बस्न आदेश दिएको छ, तर हजारौं मजदुरले तलब पाएका छैनन, छाक टार्न सकेका छैनन् । सहरमा अलपत्र परेपछि ताँति लागेर गाउँ फर्कदैछन् । भोकले छटपटाउदै राजमार्गमा निस्किएका यात्रुलाई खाना खुवाउन ठाउँठाउँमा स्थानीय आफै जुटेका छन् । स्वतस्र्फुत सेवामा जुटेका यी मनकारी भन्छन– दाल चामलको मूल्य होला, तर मानवसेवा अमूल्य छ । 

अहिले ठाउँठाउँमा व्यक्ति, समूह र संस्थाहरूले खाना, खाजा, पानीदेखि चप्पलसम्म बाँडिरहेका छन् । कतिपयले गाडीको व्यवस्था गरेर थकितहरूको यात्रा केही छोट्याइदिएका छन् । केही मनकारीले आफ्नै क्षेत्रमा समस्यामा परेका विपन्नलाई राहत बाँडिरहेका छन् । 

प्रकाशित मिति: : 2020-04-18 08:24:34

प्रतिकृया दिनुहोस्