अधिकांश जसो मानिसहरु आफुलाई फिट राख्न चाहन्छन्। जसले गर्दा शरीर आकर्षित पनि देखिने गर्छ। सायदै होलान् मोटोपनाबटा खुशी हुने मानिस त। मोटोपनका कारण थुप्रै किमिसका रोग उत्पन्न हुन्छन्। शरीरमा कार्वोहाइड्रेटको मात्रा बढ्ने हुँदा शरीर मोटाउने समस्याले हुन्छ जसले शरीरमा विभिन्न रोगहरू उच्च रक्तचाप, मधुमेह, उच्च रक्त कोलेस्ट्रोल, हृदयघातजस्ता रोगहरु निम्त्याउँछ। त्यसैले यस्ता विभिन्न रोगहरुबाट बच्न र मोटोपना घटाउनका लागि अपनाउनुहोस् यी उपाय।
साहकारी खानेकुरा :
साहकारी खानेकुराहरुमा क्यालोरी कम हुन्छ। सलाद, फलफूल, सागपातमा फाइवर पाइन्छ जसले तौल नियन्त्रणमा मद्धत गर्छ। त्यसैले साहकारी खानेकुरा खान उपयुक्त रहन्छ।
मासु :
यदी तपाई आफ्नो तौल घटाउन चाहनु हुन्छ भने साहकारी खानेकुराको साथै हप्ता एक पटक मासुको सेवन पनि गर्ने गर्नुहोस्। जसले गर्दा मोटोपना घटनमा मदत पुर्याउँछ।
शारीरिक व्यायाम :
तौल घटाउन खाना जत्तिकै महत्वपूर्ण शारीरिक व्यायाम पनि छ। बिहान सबेरै हिँड्ने अथवा हलुका व्यायाम गर्ने बानी बसाल्नुपर्छ। व्यायाम सकेपछि नियमित नुहाउन सके शरीरलाई स्वच्छ र फुर्तिलो हुन्छ। योगासान र प्राणायामबाट पनि तौल घटाउन सकिन्छ।
गुलियो कम खाने :
अधिकांश जसो मानिसहरुलाई गुलियो खानेकुरा मनपर्ने गर्छ। जसले गर्दा गुलियो पदार्थको बढी नै सेवन गर्ने गर्छन्। तर यदी तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने यस्ता गुलियो चिजहरुको सेवन कम मात्रामा गर्ने गर्नुहोस्।
ध्रुमपान नगर्ने :
यदी तपाई मोटोपना घटाउन चाहनुहुन्छ र ध्रुमपान गर्ने बानी छ भने चुरोट र सुर्तीजन्य जस्ता पदार्थको सेवन गर्न छाड्नुहोस्। जसकारण तपाईले आफ्नो तौल घटाउन सक्नु हुनेछ।