'श्रमिकलाई जीवनयापन र घर फर्कने आवश्यक प्रबन्ध तत्काल गरौँ '

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, प्रदीप गिरी, स्वर्णीम वाग्लेलगायतले नेतृत्व गरेको कोरोना महाव्याधिविरुद्ध सार्वजनिक पहलले श्रमिकलाई घर फर्कने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । 

पहलका तर्फबाट शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, 'पसिना बगाउन र देश बनाउन शहर पसेका पौरखीहरु अहिले गाँस र बास नपाएर खालि खुट्टा राजमार्गमा पैदल हिँड्नुपरेको समाचार र तस्विरहरुले हामीलाई मर्माहत बनाएको छ ।'

'सुरक्षित यातायात साधनको अभावमा वृद्ध, महिला, स–सानाबालबालिकाहरु समेत कैयौं दिनसम्म पैदलयात्रा गर्न बाध्य भएका छन् । आफ्ना नागरिक घर न घाटको हुनु कुनै पनि सभ्य समाजका लागि लज्जाको विषय हो', विज्ञप्तिमा भनिएको छ, 'त्यसैले मजदुरहरुलाई सम्मानपूर्वक बाँच्न पाउने अवस्था सिर्जना गर्न संघीय, प्रदेश एवं स्थानीय सरकारलाई अपील गर्दछौं ।'
विज्ञप्तिको पूर्ण पाठ :

 

 

श्रमिकलाई जीवनयापन र घर फर्कने आवश्यक प्रबन्ध तत्काल गरौँ 

पसिना बगाउन र देश बनाउन शहर पसेका पौरखीहरु अहिले गाँस र वास नपाएर खालि खुट्टा राजमार्गमा पैदल हिँड्नुपरेको समाचार र तस्विरहरुले हामीलाई मर्माहत बनाएको छ । सुरक्षित यातायात साधनको अभावमा वृद्ध, महिला, स–सानाबालबालिकाहरु समेत कैयौं दिनसम्म पैदल यात्रा गर्न बाध्य भएका छन् । आफ्ना नागरिक घर न घाटको हुनु कुनै पनि सभ्य समाजका लागि लज्जाको विषय हो । त्यसैले मजदुरहरुलाई सम्मानपूर्वक बाँच्नपाउने अवस्था सिर्जना गर्न संघीय, प्रदेश एवं स्थानीय सरकारलाई अपील गर्दछौं । 

१)    लकडाउन अवधिभर कार्यस्थलमै रहनचाहने श्रमिक र तिनका परिवारकानिमित्त संघीय रप्रदेश सरकार तथास्थानीयतहको संयोजनमाभोजन र बसोबासको व्यवस्थाहोस् ।
२)    गाउँफर्कन चाहने किसानमजदुरको लागियातायात, खाने,पिउने प्रबन्धतत्कालगर्न संघीय सरकारले प्रदेश तथा स्थानीय सरकारसँगको समन्वय गरोस् ।
३)    उद्योग तथाव्यवसाय र साना–ठूला परियोजनामाकामगर्नेमजदूर गाउँफर्कनुपर्नेअवस्थाआएमासम्बन्धित परियोजनावा ठेकेदारको समन्वयमा राज्यले घरसम्मपु¥याउनेप्रबन्धमिलाओस्।
४)    यातायातकोप्रबन्धकालागि ठूला निजीविद्यालय, सरकारी कार्यालय लगायतका ठूला बसहरुकोप्रयोगगर्ने र यस्तो व्यवस्थागर्दा न्युनतमभौतिकदूरीलगायतसावधानीअपनाउनव्यवहारिक निर्देशिकाजारी होस् ।
५)    गाउँफर्किसकेपछि क्वारेन्टिन वानिगरानीमा बस्नुपर्ने भएमात्यस्तो व्यवस्थावडा वडामा होस् । यस्तो व्यवस्थामिलाउँदा स्वास्थ्यप्रोटोकललाई समेत ध्यानमा राखेर कार्यान्वयहोस् ।
६)    गाउँमाबाँझो रहेका खेत बारिलाई फेरि ब्युँताउने अवसरका रुपमाप्रयोग गर्न खेतिपातिलाई कसरीसञ्चालनगर्न सकिन्छ भन्ने बारेमाव्यवहारिक कार्यक्रमलागूहोस् ।
७)    आफ्नो घर खेत नभएका र खान बस्न अप्ठेरो भएकाअति–विपन्नको लागि स्थानीय सरकारले समुदायसँगको सहकार्यमाव्यवस्थामिलाउने गरीसरकारले आवश्यकवित्तीयकार्यक्रम घोषणा गरोस् ।
८)    भारतमाकार्यरत लाखौं मजदूर नेपालफर्कन चाहेको, नेपालफर्कन लामो दूरी पैदल हिँडेकोर सीमानाकामाउनीहरुलाई नेपाल छिर्न नदिइएकोले उनीहरु लुकिछिपी नेपालप्रवेश गर्ने गरेका छन् । जसरीपनि देशभित्र छिरी आफ्नो गाउँजानचाहने नेपालीमजदूर रकिसानको लागि‘सेफ प्यासेज’निर्माण गरी गाउँजानदिनु नै उचित हुन्छ । त्यसो गर्दासंक्रमणबाट जोगिने सावधानीहरु अपनाउनअति जरुरी हुन्छ । उनीहरु बाटामै बिरामीभएवा घर पुगेपछि सम्बन्धितपालिकामै क्वारेन्टिनको व्यवस्था गरी यात्रा कार्डको व्यवस्थाहोस् ।
९)    देशैभरिका स्थानीय रेडियोमार्फत गाउँतहसम्मपुग्ने गरी सही र आधिकारिक सूचनाहरु जारीगर्नेतर्फ कदमचालियोस् ।
कोरोनामहाव्याधिविरुद्ध सार्वजनिकपहलको तर्फबाट 

क्र.सं.    नाम
१    डा. बाबुराम भट्टराई
सांसद, पूर्व प्रधानमन्त्री
२    प्रदीपगिरी
राजनीतिज्ञ, सांसद
३    कृष्ण आचार्य
उद्यमीव्यवसायी
४    डा. कल्याणराजशर्मा 
अर्थशास्त्र, व्यवस्थापन
५    डा. दोभान राई
सूचनाप्रविधि विज्ञ
६    प्रदीप परियार
सामाजिकअभियन्ता
७    ब्रबिमकुमार
सामाजिकअभियन्ता
८    मनोज पौडेल, अर्थविद्  
९    डा. रेशमथापा
अर्थशास्त्री, प्राध्यापक
१०    लुना रन्जित
अधिकारकर्मी 
११    डा. लोचनकार्की 
चिकित्सक, अध्यक्ष, एनएमए
१२    डा. ल्हामो शेर्पा
जनस्वास्थ्य विज्ञ
१३    विश्वदीप पाण्डे 
सञ्चार क्षेत्र
१४    डा. सबिन निंगलेखु
शहरी शासन विज्ञ
१५    डा. सुरेन्द्र यादव
चिकित्सक, सांसद
१६    सुरेन्द्र शाह
सुरक्षा विज्ञ, पूर्व एआइजीपी
१७    डा. स्वर्णिम वाग्ले
पूर्व उपाध्यक्ष, राष्ट्रिय योजनाआयोग


 

प्रकाशित मिति: : 2020-04-17 17:43:29

प्रतिकृया दिनुहोस्