अमेरिकामा ट्रम्पको एप्रुवल रेट ६ % ले घट्यो, ओर्लिए ४३ मा

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको एप्रुभल रेट ६ अंकले घटेर ४३ मा ओर्लिएको छ भने डिस्एप्रुवल रेट बढेर ५४ पुगेको छ। राइङ विङ मत सर्भेक्षण संस्था ग्यालप सर्भेले गरेको पछिल्लो जनमत सर्भेक्षणमा ट्रम्पको लागि यो अप्रिय नतिजा आएको हो।

मार्च २४ मा गरिएको ग्यालप सर्भेमा उनले आफ्नो पहिलो कार्यकालकै सबैभन्दा बढी एप्रुभल रेट ४९ पुर्याएका थिए। जतिबेला उनीमाथि महाअभियोग लगाइएको थियो, त्यतिबेलै उनको स्वीकार्य दर पनि बढेको थियो।

तर, पछिल्लो एक महिना कोरोना संक्रमणको क्रममा उनको एप्रुभल रेट स्वाट्टै घट्यो। यसको अर्थ उनले कोरोना संक्रमणलाई जसरी ट्याकल गरे, त्यो तरिका अमेरिकी जनतालाई मन परेन भन्ने नै हो।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको एप्रुभल रेट ६ अंकले घटेर ४३ मा ओर्लिएको छ भने डिस्एप्रुवल रेट बढेर ५४ पुगेको छ। राइङ विङ मत सर्भेक्षण संस्था ग्यालप सर्भेले गरेको पछिल्लो जनमत सर्भेक्षणले ट्रम्पको लागि यो अप्रिय नतिजा ल्याएको हो।

राष्ट्रपति ट्रम्पले पछिल्ला दिनमा ग्यालपको मत सर्भेक्षणलाई मान्यता दिदै आएका थिए। उनले ४९ प्रतिशत एप्रुभल रेट पुग्दा ह्वाइट हाउसमा आयोजित प्रेस व्रिफिङमा सगौरव आफूमाथि अमेरिकी जनताको विश्वास बढेको बताएका थिए।

तर, अब यो घटेको नयाँ एप्रुभल रेटलाई भने उनले कसरी लिन्छन्?, त्यो भने हेर्न बाँकि नै छ। 

प्रकाशित मिति: : 2020-04-17 08:49:09

प्रतिकृया दिनुहोस्