बेलायतमा चिकित्सकहरूले सरकारलाई संक्रमणबाट जोगिन उनीहरूले लगाउने लुगा पीपीईको विषयमा पटकपटक अवगत नगराएका होइनन्। तर, सरकारले स्वास्थ्य क्षेत्रमा कार्यरत डाक्टर तथा नर्सहरूलाई बेलैमा पीपीई उपलब्ध नगराउँदा ठूलो मुल्य चुकाउनु परेको छ।
बेलायतमा कोरोना भाइरसको संक्रमणविरूद्ध लडिरहेका ५० जना स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन्। तर, बेलायती मिडियाले सरकारले दिएको यो तथ्यांकभन्दा बढी स्वास्थ्यकर्मीले कोरोना संक्रमणका कारण ज्यान गुमाएको हुन सक्ने बताएको छ।
सरकारी तथ्यांकअनुसार राष्ट्रिय स्वास्थ्य विभागमा कार्यरत २७ जना गरेर कूल ५० को ज्यान कोरोना भाइरसका कारण गएको छ।
गत मार्चदेखि बेलायतमा महामारीको रुप धारणा गरेको कोरोनाका कारण हालसम्म १३ हजार ७ सय बढी मानिसले ज्यान गुमाइसकेका छन् भने १ लाखभन्दा बढी संक्रमित छन्।
याे पनि:
लकडाउनले पशुपालन व्यवसाय चौपटः ‘बिक्दैन दूध, पाइँदैन दाना’