लकडाउनको विराेध गरेपछि ब्राजिलका राष्ट्रपतिले गरे स्वास्थ्य मन्त्रीलाई बर्खास्त

बिएल संवाददाता

काठमाडाै‌ं

ब्राजिलका स्वास्थ्य मन्त्री बर्खास्त भए छन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु भएको लकडाउन खोल्ने विषयमा एकमत नभएपछि राष्ट्रपति जायर बोल्सोनारोले देशका स्वास्थ्यमन्त्री लुइज हेनरिके मान्देतालाई नै बर्खास्त गरेका हुन् ।

बोल्सोनारो लकडाउन खोल्नु पर्ने पक्षमा छन् भने स्वास्थ्यमन्त्री मान्देताले तत्काल लकडाउन खोल्दा संक्रमण फैलिएर मानव स्वास्थ्यमा गम्भीर असर पर्ने बताउँदै आएका थिए ।

सोही कारण राष्ट्रपतिले आफूलाई बर्खास्त गरेको स्वास्थ्य मन्त्री लुइजले बिहीबार ट्वीट गरेर जानकारी दिएका छन् । ‘कोरोना भाइरसको महामारी ब्राजिलको स्वास्थ्य प्रणालीले भोगिरहेको ठूलो चुनौति रहेको छ,’ उनले भने ‘यस्तो बेला सेवा गर्न दिएकोमा सबै नागरिकलाई मेरोतपर्mबाट धन्यबाद।’

५५ वर्षका लुइज सन् २०१९ को सुरुमा स्वास्थ्यमन्त्रीमा नियुक्त भएका थिए । उनले लगातार सामाजिक तथा भौतिक दूरी कायम गर्नु पर्ने बताउँदै आएका थिए ।

उनले स्वास्थ्य मन्त्रालय र मातहतका निकायलाई सहयोगका लागि धन्यबाद दिँदै आउने मन्त्रीले महामारीको राम्रो व्यवस्थापन गरुन् भन्ने शुभकामना पनि दिएका छन् ।

ब्राजिलमा कोरोना भाइरसका कारण अहिलेसम्म १९ सय २४ जनाको ज्यान गएको छ । संक्रमितको संख्या ३० हजार ४२५ रहेको छ ।

प्रकाशित मिति: : 2020-04-17 07:20:35

प्रतिकृया दिनुहोस्