बेलायतमा नेपालीका कारमा मध्यराति श्रृंखलाबद्ध आगजनी, कोरोनासँग जोडिएको जातीय घृणा हमलाको आशंका

वेलायतको लण्डनबाट दक्षिणपूर्वमा अवस्थित मेडिस्टोनमा मध्यराति नेपालीहरुका पार्किङमा रहेका कारहरुमा श्रृंखलाबद्ध आगजनी भएको छ। सो घटनालाई कोरोनासित गाँसिएको जातिय घृणाको रुपमा हेरिएको छ।

राति करिब ११ बजेपछि विष्फोटको आवाज सुनेपछि बाहिर निस्केर हेर्दा परिवार सदस्यहरुले आ-आफ्नो कार जलिरहेको पाएका थिए। मेडिस्टोनको एम्स्टोन लेनमा भएको सो घटनामा पूर्व गोर्खा सैनिक रामकुमार लिम्बुको कारमा क्षति पुगेको छ।

पहिलो घटना भएको एक घण्टापछि नजिकैको फान्ट लेनमा अर्को कार पनि जलाइएको थियो। सो कार पनि नेपाली परिवारकै हो।

सो घटनापछि पूर्व गोरखा सैनिकको परिवार थप आक्रमण हुनसक्ने डरले भयभित छन्।

रामकुमार लिम्बुकी भतिजीले कोरोना भाइरसको महामारी शुरु भएपछि सो क्षेत्रमा नेपालीप्रति जातीय द्वेष बढेको बताइन्। उनले आफ्ना पितालाई किनमेलका लागि निस्किँदा पनि सुरक्षित रहन सल्लाह दिने गरेको उल्लेख गरिन्।

प्रकाशित मिति: : 2020-04-16 22:43:19

प्रतिकृया दिनुहोस्