भारतका बालबालिकालाई प्रधानमन्त्री मोदीको भिडियो सन्देश

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउनमा परेका बालबालिकालाई भिडियो मार्फत् सन्देश दिएका छन्। 

कोरोना भाइरस विरुद्धको लडाईलाई कसरी जित्ने भन्ने बारेमा सिकाउदै गरेको भिडियो बिहीबार प्रधानमन्त्री मोदीले सार्वजनिक गरेका हुन्। 

भिडियोमा उनले सामाजिक दुरी कायम गर्नु पर्ने आवश्यकता र त्यसका लागि लकडाउनको पालना गर्नु पर्ने कुरालाई जोड दिएका छन्। 

सामाजिक सञ्जाल ट्वीटर मार्फत् सार्वजनिक गरिएको भिडियोमा प्रधानमन्त्री मोदीले कोरोना भाइरस विरुद्धको लडाईमा बालबालिकाको महत्वपूर्ण भूमिका हुने उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘कोरोना भाइरससँग लड्न बालबालिकाले धेरै तरिकाबाट सहयोग गर्न सक्दछन्, घरमै सुरक्षित बसेर अरुलाई शिक्षा दिन पनि सक्नेछन्।’

प्रकाशित मिति: : 2020-04-16 20:43:16

प्रतिकृया दिनुहोस्