तातोपानी नाकाबाट औषधि आयात गर्न स्थानीयवासीले सहजीकरण गर्ने

बिएल संवाददाता

सिन्धुपाल्चाेक

तातोपानी नाकाबाट कोरोना भाइरस नियन्त्रण र उपचारमा प्रयोग हुने औषधि आयात गर्न स्थानीयवासीले सहजीकरण गर्ने भएका छन् ।

सरकारले यसअघि चीनसँग सीमा जोडिएको तातोपानी नाका खुलाउँदा कोभिड–१९ को सङ्क्रमण फैलन सक्ने भएकाले स्थानीयवासीले बन्द गर्न आग्रह गरेका थिए। आफूहरु डराएको भन्दै तातोपानीमा रहेको सुक्खा बन्दरगाहमा भेला भएर सरकारी निर्णयको विरोध पनि गरेका थिए ।

तर अहिले उनीहरु समझदारीमा आएका हुन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, स्थानीय जनप्रतिनिधि र भन्सार प्रमुखबीचको छलफलमा सङ्क्रमण फैलन नदिन उच्च सावधानी अपनाएर औषधि आयातलाई सहज बनाउने सहमति भएको छ । सहमतिपछि अब नाकाबाट औषधि आयातमा स्थानीयवासीले अवरोध नगर्ने बताएका छन् ।

प्रकाशित मिति: : 2020-04-16 12:02:56

प्रतिकृया दिनुहोस्