अर्थमन्त्रीज्यू, यहाँको नैतिकता परीक्षामा छ !

रातोपाटी

काठमाडौँ

राजधानी काठमाडौंको सनसिटी अपार्टमेन्टमा कोरोना संक्रमित फेला परेको घटना आफैंमा गम्भीर र चिन्ताजनक कुरा हो । त्योभन्दा पनि गम्भीर चिन्ताजनक कुरा हो– कोरोना नियन्त्रणका लागि हात धोएर लाग्नुपर्ने मन्त्रीहरु समेत सनसिटी अपार्टमेन्टमा भएको कार्यक्रममा सहभागी भएको खबर । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलका शक्तिशाली अर्थमन्त्री युवराज खतिवडा समेत चैत ११ गते सो सनसिटी अपार्टमेन्टमा आयोजित एक सार्वजनिक कार्यक्रममा सहभागी भएको भनी बाहिर आएको समाचारले धेरै ज्वलन्त प्रश्न उठाएको छ ।

घटनाक्रम, तथ्य र प्रत्यक्षदर्शीहरुको हवाला दिँदै प्रकाशमा आएका समाचारले सनसिटी अपार्टमेन्टमा भएको वेलफेयर सोसाइटीको निर्वाचनका ‘विजयोत्सव’ मनाइएको जमघटमा अर्थमन्त्री खतिवडा सशरीर सामेल भएका थिए । उक्त विजयोत्सवमा मन्त्री खतिवडाका छोरा तिलक खतिवडा निर्वाचित भएको खुसी समेत सामेल थियो । तर सो विजयोत्सवमा अर्थमन्त्री खतिवडा सामेल हुँदै नभएको कुरालाई स्थापित गर्न अनेक उदेकलाग्दो कसरत भइरहेको छ ।

प्रकाशित मिति: : 2020-04-15 19:32:47

प्रतिकृया दिनुहोस्