काठमाडौंका नेवारले ठूलो मूल्य चुकाएको २२३ वर्षअघिको महामारी

सेतोपाटी

काठमाडौँ

सुदीप श्रेष्ठ

कोरोना भाइरस महामारी बेला म तपाईंहरूलाई आजभन्दा २२३ वर्षअघि काठमाडौं उपत्यकामा फैलिएको यस्तो महामारी कथा सुनाउँदैछु, जसको ठूलो मूल्य चुकाउनुपरेको थियो यहाँका नेवारहरूले।

उक्त महामारीका कारण तत्कालीन शासकले काठमाडौंका नेवार परिवारलाई ठूलो संख्यामा चार भञ्ज्याङ कटाएका थिए। खासगरी नाबालक बालबच्चा भएका परिवारलाई पूर्वमा तामाकोशी र पश्चिममा मर्स्याङ्दीपारि खेदिएको थियो।

पूर्वतिर लागेका नेवार भोजपुर, चैनपुर र धनकुटा तथा पश्चिम लागेकाहरू गोरखा, लमजुङ, तनहुँ र कास्कीसम्म पुगेको इतिहासकार बताउँछन्।

यो विक्रम सम्बत् १८५४ को कुरा हो।

प्रकाशित मिति: : 2020-04-15 19:29:17

प्रतिकृया दिनुहोस्