बाहिर कोभिड– १९ र लकडाउन : घर-घरभित्र मौलाउँदै 'छायाँ महाव्याधि' !

लोकान्तर

काठमाडौँ

विन्देश दहाल

काेरोनाभाइरस महाव्याधिका कारण आक्रान्त संसार अहिले लकडाउन (बन्दाबन्दी)मा छ । बन्दाबन्दीका बेलामा विभिन्न देशमा घरेलु हिंसाका घटना बढिरहेको र पारपाचुके गर्ने मनस्थितिमा जोडीहरू पुगेको खबरहरू आइरहेका छन् । नेपाल पनि यसबाट अछुतो छैन ।

घरेलु हिंसामा वृद्धि भएपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अघिल्लो साता विभिन्न देशका सरकारलाई महिलाहरूको सुरक्षामा ध्यान दिन आह्वान गरेका छन् ।

महाव्याधिका कारण उत्पन्न आर्थिक तथा सामाजिक तनाव अनि घरबाट निस्कन नपाउँदा आउने मनोवैज्ञानिक विकारका कारण घरेलु हिंसा बढिरहेको विज्ञहरूको कथन छ । त्यसै पनि कोरोनाको कहर शुरू हुनुअघिदेखि नै विश्वका एकतिहाइ महिला कुनै न कुनै किसिमको हिंसामा परेको आँकडा राष्ट्रसंघसँग छ । 

राष्ट्रसंघले प्राप्त गरेको जानकारी अनुसार, लेबनान र मलेसियामा महिला हेल्पलाइनमा आउने फोनकलको संख्या पहिलेको भन्दा महाव्याधिका बेलामा दोब्बर वृद्धि भएको छ ।

प्रकाशित मिति: : 2020-04-15 19:14:10

प्रतिकृया दिनुहोस्