जहाँ महिला नेतृत्व, त्यहाँ कोरोना नियन्त्रण

महसुल नउठाउने कर्मचारी र नतिर्ने उपभोक्तालाई पनि कारबाही सिफारिस

ताइवानमा शुरुवातमा नै लिइएका हस्तक्षेपकारी कदमहरुले यति सफलतापूर्वक कोरोनाभाइरसको महामारी नियन्त्रण ग-यो कि अहिले उसले लाखौँको संख्यामा मास्कहरु युरोपियन युनियन र अन्य राष्ट्रहरुमा निर्यात गरिरहेको छ ।

जर्मनीले युरोपकै सबैभन्दा बृहद कोभिड–१९ परीक्षण गरिरहेको छ जसमा हप्तामा ३ लाख ५० हजार परीक्षण हरेक हप्ता गरिँदैछ । यसले भाइरसको संक्रमणलाई पहिचान गरी उनीहरुलाई आइसोलेट गरेर प्रभावकारीरुपमा उपचार गर्न मद्दत मिलेको छ ।

न्युजिल्याण्डकी प्रधानमन्त्रीले शुरुवातमै पर्यटनलाई बन्द गरेर एक महिना लामो देशव्यापी लकडाउन लागू गरेकी थिइन् । जसले देशमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या मात्र चार जनामा सिमित बनेको छ ।

तीनै देशले कोरोनाभाइरसको महामारीविरुद्धको युद्धमा चालेको कदमले सबैको प्रशंसा बटुलेको छ । तीनै देश विश्वमान चित्रमा छरिएर रहेका छन्, एउटा युरोपमा, अर्को एसिया र अर्को दक्षिणी प्रशान्त क्षेत्रमा ।

तर यी देशहरुमा एउटै कुरा समान छ – तीन देशको नेतृत्व महिलाले गरेका छन् ।

यी तीनको सफलता तथा अन्य नेतृहरुद्वारा नेतृत्व गरेको सरकारले महामारीविरुद्ध चालेको कदमलाई सबैले ध्यान दिन जरुरी छ किनभने महिलाहरुले विश्वका नेताहरु मध्ये ७ प्रतिशतमात्र स्थान ओगट्छन् ।

प्रकाशित मिति: : 2020-04-15 17:36:27

प्रतिकृया दिनुहोस्