२०७६ : भिआइपी पक्राउको वर्ष

नेपाल लाइभ

काठमाडौं

नारायण अधिकारी

‘कानुन भनेको माकुराको जालो हो, त्यसमा सानातिना किराफट्याङग्रा अड्किन्छन्। ठूलाले सहजै तोडेर उम्कन्छन्।’ नेपाली समाजमा प्रचलित यो उखान केहीहदसम्म सत्य मानिँदै आएको पनि छ। तर, बितेको वर्ष २०७६ सालले एउटा पाठ दिएर गएको छ, ‘अपराधको दुनियाँमा रमाउने जोकोही विरुद्ध कुनै सम्झौता हुँदैन। अब माकुराको जालोमा साना किराफट्याङ्ग्रा मात्रै होइन ठूलै पनि पर्छन्।’

२०७६ सालमा भएका केही घटनाले यी कुरालाई प्रष्टसमेत गरेको छ। गल्ती गर्ने विरुद्ध अनुहार नहेरी कारबाहीका ठण्डा चल्नुले पनि अब गल्ती गर्ने जो कोही सजायको भागिदार बन्ने अड्कल लगाउन सकिन्छ। अन्जानमा गल्ती अथवा अपराध गरे पनि केही समय पहिलासम्म राजनीतिक नेतृत्वको आडमा अथवा शक्ति केन्द्रको आडमा उनीहरु क्षम्य हुँदै आएका थिए।

प्रकाशित मिति: : 2020-04-13 20:54:39

प्रतिकृया दिनुहोस्