२०७६ मा काँग्रेस : देउवा–शशांक टकराव र सिटौलाको 'चाल' चर्चामा

रातोपाटी

काठमाडौँ

लोकेन्द्र भट्ट

 वर्ष २०७६ मा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस आन्तरिक झगडा र सत्तारुढसँगको साँठगाठमा बेसी केन्द्रित देखियो । काँग्रेसका लागि गएको वर्ष बालुवारटार जग्गा प्रकरण, जनविरोधी विधेयक, गोकर्ण फरेस्ट रिसोर्ट लिज विवाद, सभामुख प्रकरण र पूर्वमन्त्री गोकुल बाँस्कोटा कमिसन मोलमोलाइको अडियो सरकारविरुद्धको हतियार थिए ।

तर काँग्रेसले कुनै पनि हतियार सही ढंगले चलाउन सकेन । यी विषयमा केही दिन संसदमा उभिने बाहेक काँग्रेसले सरकारविरुद्ध प्रभावकारी कदम उठाउन आवश्यक ठानेन । बरु सरकारसँग साँठगाठमा रुचि देखायो । 

प्रकाशित मिति: : 2020-04-13 20:37:55

प्रतिकृया दिनुहोस्