जसले कोरोना महामारीसँग लड्न सक्षम बनायो

होमप्रसाद लम्साल

वुहान क्षेत्र कोरोना भाइरस(कोभिड–१९) ले आक्रान्त पार्दासम्म अमेरिकाले खासै चासो दिएको थिएन। त्यतिबेलासम्म पनि  राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरानालाई चाइनिज भाइरसको संज्ञा दिइरहेका थिए। 

अमेरिकामा कसैले कल्पना पनि गरेका थिएनन् कि यो भाइरसले अमेरिकालाई पनि तहसनहस बनाउला भनेर। सुरुआती चरणमा सरकारी तवरबाट पनि खासै चासो दिइएन। अहिले हालत अनियन्त्रित जस्तै छ। 

तर शरणार्थीको रुपमा अमेरिका पुगेर आप्रवासी जीवन बिताइरहेका नेपाली भाषी भुटनीहरु भने सुरूवातदेखिनै  कोरोनासंग लड्न तयार भएर बसेका थिए। कारण थिए दुई डाक्टर डा. दामोदर पौडेल र डा. सन्जु महतो। उनीहरूले समुदायका १४ जना नर्ससहितको ५० जनाकाे बहादुर 'ब्रेभ भोलुन्टर टीम' बनाएका थिए। सुरुआतमै सजगता अपनाएकाेले काेराेना जस्ताे महामारीसँग पनि लढ्न सक्षम भएकाे भुटनीज् कम्यूनिटी अफ सेन्टर ओहायोका कार्यकारी निर्देशक सुर्दशन प्याकुरेलले बताए।

प्रकाशित मिति: : 2020-04-13 16:51:14

प्रतिकृया दिनुहोस्