बेलायतमा कोरोना पिडित परिवारलाई गहना फिर्ता नगर्दा विवाद

बेलायतको एउटा नर्सिङ होममा १३ जनाको निधन भएको छ। कोरोना भाइरसका कारण उनीहरूको शरीर निकै दूर्षित भएको भन्दै नर्सिङ होम प्रशासनले मृतकहरूको शरीरमा भएको गहना परिवारका अन्य सदस्यलाई दिन अस्विकार गरेपछि विवाद सुरु भएको छ। 

मृतकका परिवारले काजक्रियामा नर्सिङ होमले देखाएको अनौठो व्यवहारले आफूहरू स्तब्ध भएको बताएका छन्। 
एसेक्समा भएको यो घटनामा मृत शरीरलाई धोएर एउटा विशेष ब्यागमा राखिएको थियो। यस्तो गर्नुमा लासको अवस्था विभत्स भएको प्रष्टीकरण दिइएको छ। 

तर, मरेको मान्छेको लासलाई धोईपखाली गर्न कानुनले वर्जित गरेको छ। यही विषयलाई लिएर आफ्नो बुवा गुमाएकी एक छोरीले नर्सिङ होमविरूद्ध मुद्धा दायर गर्ने चेतावनी दिएकी छिन्। 

‘मेरो बुवालाई विशेष व्यागमा हालिएको थियो र लास एक्दमै गन्हाएको थियो,’ उनले भनेकी छिन्।

उनले आफ्नो अविभावकको गहना सुरक्षित ठाउँमा राख्न र परिवारलाई सूचना उपलब्ध गराउन आग्रह गरेकी थिइन।

बेलायतमा केयर होम्समा एक हजारभन्दा बढी बृद्धबृद्धाको निधन भएको आशंका गरिएको छ। 
 

प्रकाशित मिति: : 2020-04-13 10:07:40

प्रतिकृया दिनुहोस्