राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ‘कोराेना रोकथाम तथा नियन्त्रण कोष’मा ३२ लाख २६ हजार २ सय ३८ रुपैयाँ ६३ पैसा जम्मा गरेको छ।
राखेपका पदाधिकारी र कर्मचारीको चैत महिनाको केही प्रतिशत तलब कट्टा गरी उक्त रकम कोषमा जम्मा गरिएको प्रशासन विभागका प्रमुख एवं प्रवक्ता कुलबहादुर थापाले जनाएका छन्।
नेपाल सरकारको निर्णयानुसार राहत कोषमा रकम जम्मा गरिएको थापाले जानकारी गराए।