रासस
हुम्लाको सदरमुकाम सिमकोटमा रहेको रानीवन क्वारेन्टाइनका २२ र अन्य क्वारेन्टाइनका तीन जनाको -यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गरिएको छ।
शनिबारदेखि शुरु भएको जाँचमा २५ जनाकै नेगेटिभ रिपोर्ट आएको रानीवन क्वारेन्टाइनका सूचना अधिकारी प्रजित बोहराले बताए।
हालसम्म हुम्लामा बाहिरबाट भित्रिएका करीब ८७४ जनाकै आरडिटी हुने भएको छ। कर्णाली प्रदेश सरकारबाट जिल्लामा सामग्री पुगेसँगै यो जाँच गर्न शुरु गरिएको हो।
आजदेखि कोरोना जाँचका लागि जिल्ला स्वास्थ्य सेवा कार्यालयका ल्याब टेक्निसियन बलिराज भण्डारीलाई ताँजाकोट, सर्केगाड, खार्पुनाथ, अदानचुली र चंखेली गाउँपालिकातर्फ पठाउने तयारी भइरहेको सूचना अधिकारी बोहराले जानकारी दिए।
उत्तरी नाम्खा गाउँपालिकाका क्वारेन्टाइनका लागि भने प्राविधिक भक्ति फडेरालाई पठाउने तयारी भइरहेको जिल्ला अस्पतालका निमित्त प्रमुख डा नवीन रोकायाले बताए। सो जाँच छिटो गर्नका लागि जिल्लाका सात वटै स्थानीय तहलाई सहयोगका लागि जिल्ला प्रशासन कार्यालय हुम्लाले अनुरोधसमेत गरेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया