निश्चित भइसकेका अप्रेसन रोकिए, ट्युमर बोकेर घरमा छटपटाउँदै क्यान्सरका बिरामी

सुरेन्द्रकुमार कामती

सिराहाको कर्जन्हा नगरपालिका– ९ की ६२ वर्षीया जुक्ति पासमानलाई खाना नरुच्ने र हातखुट्टाका हड्डी दुख्ने समस्या भएपछि परिवारले गत माघमा भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पुर्‍याएको थियो । अस्पतालले त्यतिवेलै उनलाई फोक्सोको क्यान्सर भएको पुष्टि गर्‍यो । 

दलित तथा विपन्न परिवार भएकाले पैसा खर्च गरेर औषधि–उपचार गराउन सम्भव थिएन । राज्यको सहयोग लिनुपर्ने भयो । अस्पतालले नगरपालिकाबाट सिफारिस लिएर आउनु भन्दै एक महिनाको औषधि लेखिदिएर घर पठाइदियो । 

नेपालको सरकारी काम न हो, नगरपालिकाबाट सिफारिस बनाउन ढिला भयो । चिट्ठी बनेपछि अस्पताल आउने भन्दाभन्दै देश लकडाउन भयो । लकडाउनकै कारण परिवारले जुक्तिलाई अस्पताल ल्याउन सकेको छैन । एउटी वृद्धा नागरिक लकडाउनकै कारण क्यान्सरको पीडा खेपेर मृत्युुसँग लडिरहनुपरेको छ । 

प्रकाशित मिति: : 2020-04-12 07:15:22

प्रतिकृया दिनुहोस्