अन्नपूर्ण पोष्ट
भारतबाट फिर्ता हुँदै गर्दा उनको मनमा ठूलो त्रास थियो। कतै आफूमा पनि कोरोनाको संक्रमण त भएको छैन ? यही आशंकाबीच दैलेखको दुल्लु निवासी विष्णा विष्ट वीरेन्द्रनगरमा स्थापना गरिएको क्वारेन्टाइनमा बसिन्। क्वारेन्टाइनमा बसिरहँदा उनलाई मरिन्छ भन्नेसमेत लागेको थियो। तर जब उनको रिपोर्ट नेगेटिभ आयो, तब उनको अनुहारमा खुशीका छायो।
उनी भारतको सुरतबाट दुईसाता अघि नेपाल आएकी थिइन्। त्यही क्रममा उनलाई क्वारेन्टाइनमा राखिएको थियो। रिपोर्ट नेगेटिभ आएको र क्वारेन्टाइन बस्नुपर्ने अवधि पनि पूरा भएपछि उनी शनिबार गाउँ फर्किइन्। क्वारेन्टाइनबाट विदा भएर बाहिर निस्कदै गर्दा विष्णाले भनिन्,‘संक्रमण भएको ठाउँबाट आएकाले हामीमा पनि भाइरस छ होला भन्ने डर थियो, तर परीक्षण गर्दा रिपोर्टमा देखिएन। क्वारेन्टाइनमा बसेर मनको शंका मेटियो, मृत्युलाई पनि जितियो।’
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः आरजुका आमा–छोरा अख्तियारको राडारमा
गोकर्णेश्वर–केएमसी सम्झौता, १० लाखसम्मको मिर्गौला प्रत्यारोपण निःशुल्क
बालेनको अभिव्यक्तिपछि उब्जिएको परिस्थिति
‘प्रिय तिमीले एक्लो बनायौ’
काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन
गाउँ र आमाहरू
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया