बिएल संवाददाता
इटालीमा लकडाउनको समय मे ३ सम्मका लागि लम्ब्याइएको छ।
इटालीमा मार्च ९ मा पहिलोपटक मुलुकमा लकडाउनको घोषणा गरिएको थियो। यो लकडाउन अप्रिल ३ सम्मका लागि घोषणा गरिएको थियो।
तर अझै पनि इटालीमा कोरोना भाइरसको महामारी नरोकिएको कारण इटालीका प्रधानमन्त्री गिउसेपे कोन्टेले लकडाउनको समय मे ३ सम्मका लागि बढाउने निर्णय गरेका हुन्।
बीबीसीका अनुसार इटालीमा लकडाउनले संक्रमित र मृत्यु हुनेको संख्यामा पनि असर देखिन थालेको छ। शुक्रबार सार्वजनिक गरिएको तथ्यांक अनुसार इटालीमा पछिल्लो २४ घण्टामा पाँच सय ७० जना मानिसको भाइरसको कारण मृत्यु भएको थियो।
यो पछिल्लो एक सातायताकै कम हो। तर, इटाली विश्वमा कोरोनाबाट मृत्यु हुनेमा सबैभन्दा प्रभावित मुलुक हो। अहिलेसम्म १८ हजार आठ सय ४९ जना मानिसको यो भाइरसको कारण मृत्यु भइसकेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया