चिकित्सक र स्वास्थ्यकर्मीको तलब कट्टा गरेकाे छैन: स्वास्थ्य मन्त्रालय

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा स्वास्थ्यकर्मीको तलब कट्टी नगरिएको बताएको छ।

शुक्रबार नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले चिकित्सक र स्वास्थ्यकर्मीको तब कट्टी नगरिएको बताएका हुन्।

‘मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब कट्टी गर्ने निर्देशन जारी गरेको छैन र हालसम्म कटट्टी पनि गरिएको छैन’ उनले भने ‘त्यसैले सबैले उच्च मनोवलका साथ काम गर्न हार्दिक अपिल गर्दछौं।’

गत चैत ११ गतेको मन्त्रिपरिषद बैठकले विभिन्न तहका कर्मचारीले ३ देखि ७ दिनसम्मको तलब कट्टी गरेर कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा राख्ने निर्णय गरेको थियो। 

तर मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब कट्टी गर्ने निर्देशन जारी नगरेको डा. देवकोटाले बताए।


 

प्रकाशित मिति: : 2020-04-10 16:56:06

प्रतिकृया दिनुहोस्