‘लकडाउन’ उल्लंघन गर्दा दक्षिण अफ्रिकाकी मन्त्रीलाई दुई महिनाको छुट्टी

एजेन्सी

दक्षिण अफ्रिका

कोरोना भाइरसविरूद्धको लडाईमा नियम उल्लंघन गरेको कारण दक्षिण अफ्रिकी सरकारले आफ्नो सूचना, सञ्चार तथा प्रविधि मन्त्रीलाई दुई महिनाका लागि विशेष विदा दिने निर्णय गरेको छ। यसअवधिमा उनले केही काम गर्न पाउने छैनन्।

सूचना, सञ्चार तथा प्रविधि मन्त्री स्टेला एनदाबिनी–अब्राहम सरकारले हालै गरेको ‘लकडाउन’ को घोषणा उल्लंघन गर्दै साथी कहाँ खाना खान गएकी थिइन। उनले यो तस्वीर सोसल मिडियामा पोस्ट गरेपछि आलोचना भएको थियो। दक्षिण अफ्रिकी राष्ट्रपति काइरिल रामाफोसाले १७ सयभन्दा बढीलाई संक्रमण देखिएपछि र १३ जनाको निधन भएपछि तीन साताका लागि ‘लकडाउन’ को घोषणा गरेका थिए। 

‘राष्ट्रपति रामाफोसाले मन्त्रीलाई दुई महिनाका लागि विशेष छुट्टि दिने निर्णय गर्नुभएको छ,’ रामफोसाको आधिकारीक पत्रमा भनिएको छ, ‘मन्त्रीको माफीपत्र पनि राष्ट्रपतिले स्विकार गरिसक्ने भएको छ।’ पत्रमा कानुनभन्दा माथि कोही नभएको स्पष्ट पार्दै विपत्तको यस घडीमा ‘लकडाउन’ को पूर्णरूपमा सबैबाट पालना गर्न सबैसँग आग्रह गरिएको छ। 
 

प्रकाशित मिति: : 2020-04-08 18:01:09

प्रतिकृया दिनुहोस्