संकटमा हराएका छैनन्‌ डा. गोविन्द केसी, गोजी टक्टक्याएर सुदूरका बिरामी निको पार्दैछन्‌

थाहा खबर

डडेल्धुरा

प्रकाश पार्की
 विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिरहेको छ। नेपालमा पनि कोरोना संक्रमित भेटिएका छन्। हाल नेपालमा कोरोना संक्रमितको संख्या नौ पुगिसकेको छ, जसमध्ये एकजना निको भएर घर फर्किएका छन्।अन्य आठ संक्रमितमध्ये दुईजना काठमाडौं, दुईजना बागलुङ र चारजना धनगढीमा उपचाररत छन्।

कहाँ छन् डा. केसी?

प्राध्यापक डा. गोविन्द केसी नेपाली चिकित्सा क्षेत्र सुधारका अभियन्ता हुन्। उनी पटक-पटक चिकित्सा क्षेत्रको सुधार गर्न भनी अनसन बसे। केसी एक अर्थोपेडिक सर्जन (हाडजोर्नीका शल्यचिकित्सक) हुन्। २६ वर्षदेखि त्रिवि शिक्षण अस्पतालका अर्थोपेडिक प्राध्यापक एवं विशेषज्ञका रुपमा कार्यरत चिकित्सिक केसीले गत असोजमा अवकाश पाएका थिए। 
 

प्रकाशित मिति: : 2020-04-08 09:03:09

प्रतिकृया दिनुहोस्