सरकार नराम्ररी चुक्यो, सच्चिएन भने नसोचेको परिस्थिति आउनसक्छ : दीपकुमार उपाध्याय

हामी पूर्वीय दर्शन र सभ्यताका मानिसले कोरोना संक्रमणले उत्पन्न गरेको समस्या समाधानमा अझ बढी चिन्तन गर्नुपर्ने देखिएको छ । आधुनिकताको नाममा हामीले हाम्रो सभ्यता बिर्सियौं । विज्ञान र भौतिक प्रगति कति अधुरो/अपूरो रहेछ भन्ने कुरा अहिलेको परिस्थिति आफैंले यसको व्याख्या गरिराखेको छ । भनौं न– धन, दौलत, शक्ति विज्ञान प्रविधि, देश, जनता र तिनको स्वास्थ्य उपचारमा अमेरिका, इटली, स्पेनजस्ता देश सक्षम मानिन्थे।

नयाँ–नयाँ रिसर्च, इन्नोभेसनदेखि लिएर सर्भिसेजमा उनीहरू अग्रणी थिए । तर आज त्यो काम लागेन । आज एउटा नदेखिने सुक्ष्म जीवाणुले पनि यस किसिमको मानव सभ्यतालाई नै असर पार्न सक्दो रहेछ भन्ने अहिलेको परिस्थितिले देखाएको छ । कोरोनाले उत्पन्न गरेको परिस्थितति विश्वयुद्धभन्दा पनि खतरनाक र भयानक बन्यो । 

प्रकाशित मिति: : 2020-04-06 13:11:27

प्रतिकृया दिनुहोस्