बिएल संवाददाता
चीनको शिन्चेन शहर बिरालो तथा कुकुरको मासु खान प्रतिबन्ध लगाइएको छ। कोरोना भाइरसको संक्रमण जंगली जनावरको मासुबाट फैलिएको हुन सक्ने देखिएपछि शिन्चेन शहरले बिरालो तथा कुकुरको मासुमा प्रतिबन्ध लगाएको हो।
योसँगै बिरालो तथा कुकुरको मासु खान प्रतिबन्ध लगाउने शिन्चेन पहिलो शहर बनेको छ। कोरोना जंगली जनावरको मासुबाट मानिसमा सरेको देखिएपछि चीन सरकारले जंगली जनावरको मासुमा प्रतिबन्ध लगाएको थियो।
यो कानून मे एकदेखि कार्यान्वयनमा आउने छ। शिन्चेन शहर पहिला घर पालुवा बिरालो तथा कुकुरको मासु पनि खान नपाउने नियम ल्याएको हो।
ह्युमन सोसाइटी इन्टरनेशनल (एचएसआइ) का अनुसार एसियामा प्रति वर्ष मासुका लागि तीन करोड कुकुर मारिन्छन्। जनावरको अधिकारको पक्षमा काम गर्दै आएको एचएसआइले यो कदमको स्वागत गरेको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया