-उपत्यकाको बसाइ लम्ब्याउन नसक्नेहरूसँग गाउँ फर्किनु बाध्यता बन्दैछ, तर गाडी नचल्दा कष्टपूर्ण पैदलयात्रा एक मात्र विकल्प बनेको छ
-काठमाडौंबाट साढे तीन सय किलोमिटर टाढा सुनसरीसम्म हिँडेरै पुग्ने आँट लिएर पैदलयात्री लम्किरहेका छन्
-सडकमा प्रहरी र पैदलयात्रीको लुकामारी चल्छ, प्रहरीका आँखा छल्दै पैदलयात्री अघि बढ्छन्
‘लकडाउन’को सातौँ दिन । रातको साढे ११ बजे बिपी राजमार्गको काभ्रेभञ्ज्याङमा छौँ, हामी । राजमार्गमा गुड्नुपर्ने त गाडी हो । तर, दृश्य ठीक उल्टो छ, गाडी थन्किएका छन् । राजमार्गमा मान्छेहरूको लस्कर छ ।
लस्करमा दुधेबालक, महिलादेखि ६० वर्षका वृद्धसम्म छन् । रातको सन्नाटामा सुनसान राजमार्गमा लकडाउन छिचोल्दै पैदल हिँडिरहेका यी सबैको एउटै लक्ष्य छ, आफ्नै घरको आँगन टेक्नु ।