कर्णालीमा कोरोनाको आंशका गरिएका २८ मध्ये १७ को रिपोर्ट आयो, सबै ‘नेगेटिभ’

कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको आंशका गरिएको नमुना परीक्षणमा हालसम्म १७ जनाको रिपोर्ट ‘नेगेटिभ’ देखिएको छ। 

प्रदेशबाट जम्मा २८ जनाको नमुना परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको थियो। त्यसमध्ये १७ जनाको रिर्पोट आइसकेको र सबै रिर्पोट नेगेटिभ देखिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

यस्तै, नमुना परीक्षणका लागि पठाएका ११ जनाको रिपोर्ट भने आउन बाँकी छ। यसैबीच तीन जनाको नमुना परीक्षणका लागि बुधबार काठमाडौं पठाइँदैछ। कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारीले सुर्खेतका एक जना र डोल्पाका दुई जनाको नमुना परीक्षणका लागि आज पठाउन लागिएको जानकारी दिए। 

हुम्लाबाट दुई, डोल्पाबाट तीन, सुर्खेतबाट १०, कालिकोटबाट एक, जुम्लाबाट तीन, रुकुमपश्चिमबाट चार, दैलेखबाट दुई र सल्यानबाट तीन जनाको नुमना परीक्षण गर्न पठाइएको मन्त्रालयले बताएको छ।  
 

प्रकाशित मिति: : 2020-04-01 14:40:33

प्रतिकृया दिनुहोस्