लकडाउन, उमेर र सिमानाले पराजित गर्न नसकेको एउटा उत्कृष्ट प्रेम

कोरोना भाइरस र लकडाउनले विश्वभरका कराेडौँ मानिसलाई घरभित्र कैद गरिदिएको छ । तैपनि, धन्न इन्टरनेट छ । र, मानिसहरू भर्चुअल माध्यमबाट भए पनि एक–आपसमा कुराकानी गर्न पाएका छन् ।कोरोना भाइरस र त्यसको विस्तार हुन नदिन विश्वका अधिकांश मुलुकले लकडाउन गरेका वेला युरोपेली मुलुकहरू जर्मनी र डेनमार्कको वृद्ध जोडीको उत्कृष्ट प्रेमको कथाले विश्वभर चर्चा पाएको छ । कोरोनाकालमा मौलाएको अनौठो प्रेमकथाका पात्र हुन्–  कास्टर्न ट्युखसेन र इङ्गा रासमुसेन । जर्मन नागरिक कास्टर्न ८९ वर्ष पुगिसकेका छन् भने डेनमार्ककी इङ्गा ८५ वर्षकी छन् । 

कोरोना भाइरस र ‘बोर्डर लकडाउन’ (सीमा बन्द)ले समेत पराजित गर्न नसकेको कास्टर्न र इङ्गाको प्रेमकथा दुई वर्षअघि भेट भएपछि सुरु भएको हो । आफ्ना पतिको निधनपछि इङ्गा निरसलाग्दो एक्लो जिन्दगी बिताइरहेकी थिइन् । पत्नीको निधनका कारण कास्टर्नको हालत पनि उस्तै थियो । जब संयोगवश दुई वर्षअघि उनीहरूबीच भेट भयो, उनीहरूले फोन साटासाट गरे । नियमित रूपमा फोनमा कुराकानी पनि गर्न थाले । 

प्रकाशित मिति: : 2020-03-31 22:18:47

प्रतिकृया दिनुहोस्