युट्युबमा हेर्न मिल्ने राम्रा १२ नेपाली फिल्म

सेतोपाटी

काठमाडाै‌ं

फिल्म हेर्न युट्युबजति सजिलो माध्यम अर्को कुन होला र! युट्युबमा कुन फिल्म छ-छैन भन्ने चाहिँ थाहा नहुन सक्छ। नेपाली फिल्म रुचाउने दर्शकका लागि यहाँ युट्युबमा भएका यी फिल्म लकडाउनको समय काट्ने राम्रो बहाना हुन सक्छ।

जात्रा 

तनावरहित बस्नुपर्ने यो समयमा हास्यप्रधान फिल्म 'लाफिङ थेरापी' बन्न सक्छ। जात्रा त्यस्तै फिल्म हो।

जात्राको कथा सामान्य छ। आकस्मिक रूपमा ठूलो धनराशी भेटिएपछि पात्रहरूले पैसा पचाउन गरेको संघर्ष नै यसको कथा हो। यसमा पैसाको अभावमा बाँचिरहेका निम्न-मध्यमवर्गीय पात्रले नसोचेको पैसा पाउँदा उनीहरूको मनमा उब्जने फरक–फरक मनोदशाको चित्रण पाइन्छ। 

हिन्दी फिल्म हेरेर हुर्केका दर्शकलाई जात्राको कथा नयाँ नलाग्न सक्छ। तर रमाइलो प्रस्तुति, स्वाभाविक अभिनय, रसिलो–चोटिलो संवादले तान्छ। काठमाडौंको पुरानो बजार असन आसपासको न्ह्योखाबहाल, इन्द्रचोक वरपरका परिवेश समेटिएकाले पात्र र दृश्यमा स्थानीय रङ भेटिन्छ।

फणिन्द्रको भूमिकामा विपीन कार्कीको जीवन्त अभिनय फिल्मको सशक्त पक्ष हो। कपाल काट्ने नाइको भूमिकामा देखिने रवीन्द्र झा र साहुजीलाई महिनौं भाडा तिर्न नसकेका पसलेको भूमिकामा रवीन्द्रसिंह बानियाँको अभिनय पनि कम छैन।

निर्देशक प्रदीप भट्टराईको निर्देशन र लेखन रहेको जात्रामा माथि उल्लिखित तीन कलाकारबाहेक वर्षा राउत, प्रेक्षा बज्राचार्य, प्रकाश घिमिरे लगायत कलाकार मुख्य भूमिकामा छन्। जात्रा मनपरे यसपछिको सिक्वेल 'जात्रैजात्रा' पनि युट्युबमै उपलब्ध छ।

प्रकाशित मिति: : 2020-03-31 16:06:45

प्रतिकृया दिनुहोस्