चीनमा अध्ययनरत विद्यार्थीको अनुभव : कोरोना संक्रमण रोक्न हामीले चीनबाट धेरै सिक्न सक्छौँ

रितु थापा, गुन्जन

यतिखेर चीनको चिउचियाङ विश्वविद्यालयको प्रांगणबाट मैले आफ्ना भावना र विचार व्यक्त गर्दै छु । हुन त म कुनै लेखिका होइन, यसअघि कहिल्यै यसरी लेखेकी थिइनँ । तर, कोरोना भाइरसको महामारी फैलिरहँदा र मेरो देश नेपालको तौर–तरिका हेर्दा केही नलेखिरहन सकिनँ।

 २४ अक्टोबर २०१९ मा एमबिबिएस अध्ययनका लागि म पहिलोपटक चीन आएकी हुँ । चीन आएको सुरुवाती दिनहरूमा मलाई चिनियाँ भाषा, संस्कृति, रहनसहन थाहा थिएन । आफ्नो छिमेकी देश चीनको बारेमा म आफू यति अनभिज्ञ किन ? यतिखेर लाग्दै छ, विद्यालय शिक्षामै राज्यले विद्यार्थीलाई आफ्नो देश र छिमेकी देशहरुको बारेमा सामान्य परिचय दिनुपर्छ, त्यसो भएन कि?

प्रकाशित मिति: : 2020-03-30 02:23:49

प्रतिकृया दिनुहोस्